बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ जना चालक कारबाहीमा

शुक्रबार, २८ असार २०८१, १९ : ५९
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । काठमाडौँको बल्खुमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६६ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ३१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । 

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बागमती प्रदेश ०१–००६ ख २९८५ नम्बरका बस चालक काभेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २५ वर्षीय हरि थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । 

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप