चितवन दुर्घटना
दुर्घटनास्थलमा बसको पर्दा र ट्रयाकसुट फेला
शुक्रबार, २८ असार २०८१, १९ : ५०

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको पर्दा घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातापाटीलाई बताए ।
घटनास्थल नजिकै करिब १० वर्षको बच्चाको ट्रयाकसुट पनि भेटिएको डीएसपी रिजालले बताए । घटनास्थलमा बसको खोजी गर्न ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी र सेनाका २८ जना गोताखोरले घटनास्थल भन्दा २ सय मिटर तलको क्षेत्रमा शुक्रवार दिनभर खोजी गरे । दिनभर खोजी गर्दा बस फेला नपरेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।
अँध्यारोका कारण शुक्रवार खोजीकार्य स्थगित गरिएको छ । शनिबार बिहानै देखि पुनः खोजी कार्य सुरु गरिने डीआईजी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?