मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बैंकको नाफा १६ प्रतिशतले घट्यो, नाफाको अधिक प्रतिशत प्रोभिजन गर्नुपर्दा समस्या

शुक्रबार, २८ असार २०८१, १९ : ४३
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । चालु आर्थिक वर्षमा बैंक तथा वित्त कम्पनीहरुको नाफामा तीव्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्त कम्पनीहरूले एकमुष्ट ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो । 

आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ७३ अर्ब ८० करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए । जतिबेला बैंकहरुले ५५ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४८ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए । 

तर, समीक्षा वर्षको ११ महिनामा बैंक तथा वित्तीय कम्पनीहरूले ६२ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५१ खर्ब ३५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । कुल संकलित निक्षेपको ८२ प्रतिशत तरलता लगानी गरेको बैंकहरुले अपेक्षित लाभ लिन सकेका छैनन् । 

त्यसो त आर्थिक शिथिलताको कारण पछिल्लो समय बैंकहरुको बढ्दो खराब कर्जा (एनपीएल)का बिच लगानी सहजीकरण नहुँदा पनि बैंकहरुको नाफामा संकुचन आएको देखिन्छ । केन्द्रीय बैंकको रिपोर्ट अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाको व्यवस्थापन अर्थात् वित्त व्यवस्थापन (प्रोभिजन) मा २ खर्ब २ अर्ब ७९ करोड रुपैयाँ राखेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको मुख्यमुख्य सूचकहरु

चुक्ता पुँजी– ७ खर्ब २५ अर्ब १० करोड ७० लाख रुपैयाँ

निक्षेप संकलन– ६२ खर्ब ६० अर्ब ७४ करोड ६० लाख रुपैयाँ

कर्जा लगानी– ५१ खर्ब ३५ अर्ब १ करोड रुपैयाँ

तरल कोष– ५ खर्ब १९ अर्ब ६३ करोड ३० लाख रुपैयाँ

वित्त व्यवस्थापन (प्रोभिजन)– २ खर्ब २ अर्ब ७९ करोड ३० लाख रुपैयाँ

नाफा÷नोक्सान– ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ

बैंकहरु अनुसार नाफाको वितरण

वाणिज्य बैंक– ५६ अर्ब ४५ करोड १० लाख रुपैयाँ (९१.११ प्रतिशत)

विकास बैंक– ४ अर्ब ९६ करोड रुपैयाँ (८ प्रतिशत)

अन्य फाइनान्स कम्पनीहरु– ५४ करोड ७० लाख रुपैयाँ (०.८९ प्रतिशत)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप