कामचलाउ प्रधानमन्त्री भएपछि प्रचण्डले भने– लडाइँ जितेजस्तो भएको छ
शुक्रबार, २८ असार २०८१, १९ : १६

काठमाडौँ । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो प्रस्तावको पक्षमा ६३ मत आएपनि आफू र आफ्नो पक्षमा मतदान गर्नेहरूले लडाई जितेको अनुभव भएको बताएका छन् ।
काम चलाऊ प्रधानमन्त्रीको हैसियतमा पुगेपछि निजी निवास खुमलटार पुगेर स्थानीयलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार गठनका लागि अझैपनि प्रक्रिया पुरा नभएको बताए ।
उनले प्रतिनिधि सभामा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि आफू काम चलाऊ प्रधानमन्त्री बनेको भन्दै संविधानको उपधारा २ वा ३ बारे प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपतिले उचित सल्लाह गरेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले संसदमा आफूले पाँचौँ पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको भन्दै आज ६३ मत पाएपनि ६३ मतवाला लडाई जितेजस्ता भएको बताए । उनले जनताका एजेण्डाअनुसार अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु