राजनीति
संसद् सचिवालयले प्रधानमन्त्री पद रिक्त भएको सूचना राष्ट्रपति कार्यालय पठाउँदै
शुक्रबार, २८ असार २०८१, १७ : ४७
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रधानमन्त्री पद रिक्त भएको सूचना राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाई पद रिक्त भएपछि संसद् सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई गराउन लागेको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने– ‘प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत गुमाएको र पद रिक्त रहेको जानकारी बारेको पत्र राष्ट्रपति कार्यालयमा पठाउँदैछौं । आजै राष्ट्रपति कार्यालयमा संसद् सचिवालयबाट पत्र पुग्छ ।’
विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत, विपक्षमा १९४ मत र १ मत तटस्थमा परेको थियो ।