दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाको उद्धार
शुक्रबार, २८ असार २०८१, १७ : ०९

काठमाडौँ । प्रहरीले काठमाडौँको दक्षिणकाली शेषनारायण नगरपालिका ५ मा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरूको उद्धार गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा थाई गुम्बा नजिकको पर्खाल अचानक भत्किएर पुरिएका ६ जना नाबालिकाहरूको उद्धार गरेको हो ।
पर्खाल भत्किएर ६ जना बालिका पुरिएका सबैको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश मैनालीले जानकारी दिए ।
उद्धार गरिएका ५ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको र अर्की एक बालिकाको फर्पिङस्थित मनमोहन अस्पतालमा उपचार भैरवको एसएसपी मैनालीले बताए । मनमोहन अस्पतालमा उपचार भइरहेकी नाबालिकाको अवस्था गम्भीर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
-
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
-
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
-
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री