युवा संघका नेताको हत्या आरोपितले गरे प्रहरीमा आत्मसमर्पण
शुक्रबार, २८ असार २०८१, १६ : ५०

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्यको हत्या आरोपितले प्रहरीमा आत्मसमर्पण गरेका छन् । बुटवल–७ दिपनगरका ३६ वर्षीय रवी थापाको छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका अभियुक्तले शुक्रबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।
छुरा प्रहारबाट घाइते भएका थापाको उपचारका क्रममा असार १८ गते निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।
फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कुँवर र कार्कीले आत्मसमर्पण गरेको बताए । उनीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन