प्रचण्डलाई मेटमणीको सान्त्वना : देउवासँग समदुरी राख्नु, ४ महिनामा परिस्थिति अनुकूल भई हाल्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग समदुरी राख्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै ४ महिनापछि परिस्थिति अनुकूल हुने बताएका छन् ।
उनले भने,‘हामी सम्झन्छौँ तपाईँले २०५२ सालदेखि २०६२ सालसम्म तपाईँले नेपाली समाजमा जागरण ल्याउने नेतृत्व गर्नुभयो । यहाँकै भूमिकाका कारण लोकतान्त्रिक गणतन्त्र आएको हो । अस्थिर र चञ्चल स्वभाव भएपनि तपाईँको मन सफा छ, नियतमा खोट छैन । भ्रष्टाचार नियन्त्रण गर्न अगाडि पनि बढ्नुभयो तर तपाईँले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभयो होला नि । हामी त तपाईँकै साथमा छौँ । सधैँ तपाईँकै साथमा रहन्छौँ । थियौँ । तर तपाईँले पटक पटक हामीलाई छोड्नुभयो । आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी कत्तिपनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलन राख्नुहोला । ४ महिनामै परिस्थिति अनुकूल भई त हाल्छ । हन्ड्रेड पर्सेन्ट, दिन गनेरै बसौँ ४ महिनामा तपाईँको दिन अनुकूल नै हुन्छ ।’
उनले बराबर सन्तुलनमा रहेर व्यवहार गर्न आग्रह गरे । उनले कांग्रेस सभापति देउवालाई पनि संसद् विगठन गर्ने साक्षी नबस्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू