बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु

काठमाडौँ । बिहे भएको २४ घण्टा बित्न नपाउँदै एक युवतीको सिउँदो उजाडिएको छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा उक्त घटना भएको हो । २० वर्षीय सोनु यादव मंगलबार विवाहका लागि जन्तीसहित औरैया जिल्लाको सुल्तानपुरस्थित बेहुलीको घरमा पुगे ।
विवाहका प्रक्रिया पूरा गरी बुधबार बेहुली लिएर सोनु आफ्नो घर फर्किए । प्रचलित विधि अनुसार बेहुली भित्र्याइयो । विवाहका लागि घरमा आएका पाहुना बिहीबार आ–आफ्नो घर फर्कन थाले ।
पाहुनाहरूलाई बिदा गरेर सोनु आरामका लागि पहिलो तलामा गए । त्यहाँ रहेको सोफामै उनी सुते । लामो समयसम्म पनि नउठेपछि उनलाई आमाले बोलाइन् । तर उनी बोलेनन् । आत्तिएर आमाले हल्लाखल्ला गरिन् ।
अचेत अवस्थामा रहेका उनलाई नजिकैको अस्पतालमा लगियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे । उनको मृत्युको कारण पहिचान भइसकेको छैन । प्रहरीले शव परीक्षणका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’