बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमाले गठबन्धन बन्यो : रमेश लेखक

शुक्रबार, २८ असार २०८१, १३ : ४०
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै एमाले र कांग्रेसको सहमतिको ठोस आधार रहेको बताए । 

सो सहमतिले मुलुकलाई ठिक ढङ्गले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको बताए, सरकारलाई स्थिर बनाउन सकिने बताए । १८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो त भन्दै प्रश्न गरे । 

आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबिच गठबन्धन बनेको उल्लेख गरे । कानुन बमोजिम सुशासन कायम गर्न र विकासका काम  गर्न सहमति भएको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप