संसद्मा उपेन्द्र, अशोक र महन्थ एकै ठाउँमा
शुक्रबार, २८ असार २०८१, १३ : ३३

काठमाडौँ । एक समय एउटै पार्टीबाट अलग भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई संसद्मा एकै ठाउँमा बसेका छन् ।
एक समय यी तीन नेताहरू जसपा नेपालमा थिए । सोही पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए । पछिल्लो समय जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका छन् ।
पार्टी विभाजनपछि यी नेताबिच बोलचाल समेत ठप्प थियो र छैन पनि । तर आज प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने संसद् बैठकमा यी तीन नेता एकै ठाउँमा बसेका छन् । यद्यपि, यी तीन नेता अलग अलग पार्टीको नेतृत्वमा भए पनि हाल एउटै गठबन्धनमा रहेका छन् । कांग्रेस–एमाले गठबन्धनलाई यी तीनै जना नेताले समर्थन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म