संविधान संशोधनको खेलाँची नगर्न प्रचण्डको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको खेलाँची नगर्न कांग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए ।
उनले भने– ‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनुभएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईंहरुको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ ? राष्ट्रियसभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? कतै स्थिरताको नाममा तपाईंहरुले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईंहरुको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’
उनले अस्थिरताको कारण देखाएर समानुपातिक अनि समावेशी प्रतिनिधित्व हटाउन खोजेको र र साना दलहरूलाई निषेध गर्न खोजेको बताए । उनले साना दलहरू आज कांग्रेस एमालेतिर गए पनि भोली थाहा पाउने उल्लेख गरे । उनले संविधान संशोधन गरेर कांग्रेस एमालेले दलित, महिला लगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने