कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन
शुक्रबार, २८ असार २०८१, १३ : १६
मकवानपुर । मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेका छन् । कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ ।
यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौँतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौँ, कुलेखानी फाखेल हुँदै काठमाडौँ, थानकोट–चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौँ जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी
-
जापान मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
-
एनपीएलका कप्तानहरू भन्छन्– खेलका लागि तयार छौँ
-
सेभ द चिल्ड्रेनले मनायो शताब्दी महोत्सव
-
मानवीय गुण जालझेल गर्ने होइन : प्रधानमन्त्री ओली