अवरुद्ध अरनिको र बिपी राजमार्गमा सञ्चालनमा

काभ्रेपलाञ्चोक । जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन् । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो ।
धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए । खावा नजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै आज बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन् ।
आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन् । रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
अरनिको र बिपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स–साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
-
५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी
-
महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला
-
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?