प्रतिनिधिसभा बैठक
विश्वासको मत माग्दै प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
शुक्रबार, २८ असार २०८१, १२ : १२

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न उपस्थित भएका प्रचण्डले आफूले अल्पमतमा परेसँगै नैतिकता देखाएको भन्दै त्यस्तो नैतिकता तपाईँहरुले देखाउनुभयो भन्दै प्रश्न गरे ।
उनले भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’
कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ । डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै