बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी व्यक्तिको झुटो बयानमा दिइएको थियो जुल्फिकर अली भुट्टोलाई फाँसी

शुक्रबार, २८ असार २०८१, ११ : ५५
शुक्रबार, २८ असार २०८१

इस्लामवाद । ‘यदि मलाई माफ दिने हो भने म यो हत्यासँग सम्बन्धित तथ्यहरू उजागर गर्न सक्छु ।’ यो भनाई पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोको फाँसीमा महत्त्वपूर्ण भूमिका खेलेका साक्षी मसूद महमूदको हो । सोमबार सर्वोच्च अदालतले जुल्फिकार अली भुट्टोको मुद्दाको फैसलामा उनलाई ‘नैतिक पतनको सिकार र झूटा साक्षी’ घोषित गरेको छ । 

‘एक निर्दोष व्यक्तिलाई निष्पक्ष परीक्षण बिनै फाँसी दिइएको’ र ‘भुट्टोलाई फाँसी दिने निर्णयले सिधै जनरल जिया–उल–हकलाई फाइदा पुर्याएको’ फैसलामा भनिएको छ । भुट्टोलाई रिहा गरिएको भए उनले जिया–उल–हक विरुद्ध देशद्रोहको मुद्दा चलाउन सक्थे सर्वोच्च अदालतको ठहर छ । यो फैसलामा तत्कालीन सङ्घीय सुरक्षा बल (एफएसएफ)का महानिर्देशक मसूद महमूदको बयान र उनको मुख्य भूमिकाबारे विस्तृत रूपमा चर्चा गरिएको छ ।

एफएसएफ अर्धसैनिक बल थियो । यसलाई भुट्टोले नै बनाइएका थिए । भुट्टोको कथित आदेशमा भुट्टोलाई फाँसीको सजाय सुनाइएको मुद्दाका वादी र राजनीतिज्ञ अहमद रजा कसुरीको हत्या गर्ने षड्यन्त्र गरेको आरोप एफएसएफमाथि लगाइएको थियो । सन् १९७५ को नोभेम्बर ११ मा अहमद रजा कसुरीको कारमा भएको आक्रमणमा परेर उनको पिता मोहम्मद अहमद खान कसुरीको मृत्यु भयो । यस मामिलामा अन्य अभियुक्तहरू पनि थिए । यसमा एउटा खास नाम चाँहि एफएसएफका डीजी मसूद महमूद थियो ।

सैन्य कूपछि मसूद महमूदलाई पक्राउ गरियो । पहिला उनको नाम अभियुक्तको सूचिमा थियो । सन् १९७७ को सेप्टेम्बर ७ मा लाहोरको जिल्ला मजिस्ट्रेटले अभियुक्त मसूद महमूदबाट एउटा पत्र पाए । एक हप्ता पछि अदालतमा दायर गरिएको उसको बयान पत्र नै सन् १९७९ मा पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई मृत्युदण्डको सजाय सुनाने आधार बन्यो ।

भुट्टोले उनलाई अहमद रजा कसुरीको हत्या गर्न आदेश दिएको दाबी आफ्नो बयानमा मसुद महमूदले गरेका थिए । आफूलाई भुट्टोले कसुरीको शव ल्याउन नभए चोटैचोट लागेको उनको शरीरमा पट्टी बाँधिएको हुनु पर्ने भनेर भनेको पत्रमा महमूदले उल्लेख गरेका थिए । अहमद रजा कसुरीका बुवा मुहम्मद अहमद खान मसूद महमूदका बुबाका सबैभन्दा मिल्ने साथी थिए । तर पनि भुट्टोको आदेशमा उनले आफ्नो बुबाको सबैभन्दा मिल्ने साथीको छोरालाई मार्न आदेश दिए । जघन्य अपराधको यो आदेश आफ्नो अन्तरआत्मामा बोझ बनेर बसेको महमूदको भनाइ थियो ।  

‘जेल परेपछि उनको अन्तरात्मा फेरि जाग्यो । यो अपराध तीन वर्षअघि भएको थियो, तर त्यो अवधिमा उनको अन्तरात्मा मौन नै रह्यो । तर आफू पक्राउ परेपछि उनको अन्तरात्मा जाग्यो । यस्तो अन्तरात्मा जो पहिला आफ्नो लागि माफी सुरक्षित गर्न चाहन्थ्यो जसको लागि कसैलाई मार्ने आदेश दिनु भनेको अरूको आदेश पूरा गर्नु मात्रै थियो ।’ सर्वोच्च अदालतले फैसलामा भनेको छ । महमूदले पत्र पठाएको एक सातापछि मसूद महमूदको अनुरोध स्वीकार गरियो र सोही दिन उनको बयान पनि रेकर्ड गरियो ।

भुट्टोले बनाएको अर्धसैनिक बलको प्रमुख कसरी बने मसूद महमूद ?

मसूद महमूदले अदालतमा दिएको अधिकांश बयान अनावश्यक रहेको र आफ्नो पहिलो चार पृष्ठमा उनले आफूले पाएको पद र कसरी २१ औं तहमा पुगे भन्ने कुरा मात्र महत्त्वपूर्ण भएको सर्वोच्चले बताएको छ । उनले केही समय रोयल इन्डियन एयर फोर्समा काम गरेकाले युद्धका लागि आरक्षित सिटमा भारतीय प्रहरीमा नियुक्त भएका थिए । पाकिस्तानको स्थापना पछि उनले सन् १९४८ को सेप्टेम्बर १८ मा सहायक प्रहरी उपरीक्षकको रूपमा पदभार ग्रहण गरे । १९७४ को अप्रिल १२ मा प्रधानमन्त्री भुट्टोले उनलाई फोन गरेर उनको ‘इमानदारी, कडा परिश्रम र राम्रो काम’को प्रशंसा गरेको महमूदले भनेका छन् ।

इमानदारी र निष्ठा यस्तो गुण हो र जसले तपाईका लागि कुनै पनि अपराध गर्न तयार हुने व्यक्तिमा खोज्न सकियोस् भन्दै सर्वोच्च अदालतले टिप्पणी गरेको छ । भुट्टोले सो हत्याका लागि आफूलाई एक घण्टासम्म मनाउने कोसिस गरेको अनि त्यसपछि सङ्घीय सुरक्षा बल (एफएसएफ) को महानिर्देशकको पदमा आफ्नो नियुक्तिलाई समर्थन गरेको महमूदले बताएका छन् । आफूले भुट्टोले भनेजस्तै नगरे श्रीमती र छोराछोरीले तिमीलाई फेरि कहिल्यै भेट्न पाउने छैनन् भनेर प्रधानमन्त्रीको मुख्य सुरक्षा अधिकारी रहिसकेका सइद अहमद खान र उनका सहायक अब्दुल माजिद बाजवाले धम्क्याएको पनि उनले भनेका छन् ।

भुट्टो मामिलामा सईद अहमद खानलाई साक्षीको रूपमा पेस गरिएको थिएन । अब्दुल मजीद बाजवाको पहिले नै मृत्यु भइसकेको थियो । त्यसैले उनले गरेको दाबी अफवाहभन्दा बढी थिएन । मसूद महमूदले आफू डराउनुको कारण पनि भनेका थिए । भुट्टोले आफूलाई ‘वकार नाम गरेका व्यक्तिले तिम्रो पिछा गरिरहोस् भन्ने त पक्कै पनि चाहदैंनौं होला’ भनेर धम्क्याएको बताएका छन् । तर बकारलाई साक्षीको रूपमा कहिले  पनि पेस गरिएन ।

कसुरीलाई मार्ने आदेशको सम्बन्धमा मसूद महमूदको दाबी

मसुद महमूदले प्रमाण उल्लेख नगरी लिएको अर्को नाम एमआर वेल्चको थियो । यिनी क्वेटामा एफएसएफका निर्देशक थिए र जसलाई क्वेटामा (कसुरी)लाई डिस्पोज गर्न भनिएको थियो । निर्देशक एफएसएफ मियाँ मुहम्मद अब्बासलाई  भन्दा अघि एफएसएफका पूर्व डीजी हक नवाज तवानालाई अहमद रजा कसुरीको हत्या गर्न आदेश दिइएको मसुद महमूदले भनेका छन् । ‘भुट्टोले पछि मलाई मियाँ अब्बासलाई अहमद रजा कसुरीको मृत शरीर ल्याउन होइन भने चोटैचोट लागेर चारैतिर पट्टी बाँधिएको उनको शरीर ल्याउन भनेका थिए’ मसुद महमूदले भनेका छन् ।

ट्रायल कोर्टमा मियाँ मुहम्मद अब्बासले आफ्नो बयान फिर्ता लिए । पूर्व डीजी एफएसएफ हक नवाज तवानालाई साक्षीको रूपमा पेस गरिएन । भुट्टो लामो समयदेखि कसुरीलाई मार्न चाहन्थे र मियाँ अब्बासलाई यस सम्बन्धमा आदेश दिएका थिए तर उनले ती आदेशहरू पालना नगरेको मसुद महमूदले बताएका छन् । तर जब मसूद महमूदलाई आदेश दिइयो र अहमद रजा कसुरीमाथि गोली चलाइयो गोली उनलाई नलागेर उनका बुबा मुहम्मद अहमद खानलाई लाग्यो अनि उनको मृत्यु भयो ।

मसुद महमूदले आफूलाई अदालतसामु खुदामाथि विश्वास गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्दै अरू मार्ने आदेश दिनु मात्रै खुदाको आदेशको विरुद्ध हो भन्ने मान्ने व्यक्तिको रूपमा पेस गरेको अदालतले भनेको छ । भुट्टोले उनलाई खास आदेश दिएका थिए । त्यो आदेश मानेर आफू खुदाको आदेशको अवज्ञा गर्ने र मान्छेको प्राण नै हर्ने पात्र बनेको दुखेसो उनले गरेका छन् । फैसलाका अनुसार आफू विवाहित भएकै कारण खुदाको आदेश नकार्न बाध्य भएको अनि अविवाहित भएको भए ती आदेश पालना गर्दिन थिए भनेर पनि महमूदले भनेका छन् ।

मसूद महमूदको सम्बन्ध अदालतले के भन्यो ?

सर्वोच्च अदालतले आफ्नो फैसलामा मसूद महमूदको नैतिकतामाथि प्रश्न उठाएको छ । अदालतको निर्णय अनुसार, ‘त्यस समयका अदालतको तर्फबाट मसूद महमूदको नैतिकतामा कुनै संदेह व्यक्त गरिएन । यद्यपि, त्यहाँ हरेक बुद्धिमान व्यक्तिलाई सचेत गराउन सक्नेगरी पर्याप्त कारक थिए र यी सबैले उनी स्वार्थी, आफ्नोबारेमा मात्रै सोच्ने, नैतिक पतनको सिकार भएका र झूटा साक्षी थिए भन्ने औंल्याइरहेको थियो ।’ अदालतले निर्णयमा भनेका छ ।

मसूद महमूदले बारम्बार आफ्नो अन्तस्करण बारे बोलेका थिए । आफ्नो अन्तस्करणले आफूलाई निकै दोषी ठहराएको अनि सो हत्या आफ्नो अन्तरात्माको आवाज विरुद्ध भएको पनि उनले बताएका थिए । तर अचम्मको कुरा उनको अन्तरात्मा उनी जेलमा थुनिए पछि मात्रै जाग्यो । उनको जागृत अन्तरात्माले पहिला आफ्नो लागि माफी माग्यो, आफैँलाई सो स्थितिबाट बाहिर निकाल्यो । सुरक्षा र सुविधा एक पटक फेरि उनको अन्तरआत्मामा हाबी भयो । यी सबै कुराहरूले उनले साँच्चै सत्य बोलिरहेका थिए कि उनले अवसरको फाइदा मात्रै उठाएका हुन् भन्ने प्रश्न उठाएको अदालतले भनेको छ ।

आफ्नो बयानमा मसूद महमूदले धर्मलाई नाटकीय ढङ्गले प्रस्तुत गरेको तर इस्लामको सबैभन्दा आधारभूत आदेशलाई बिर्सेको अदालतको भनाइ छ । इस्लाममा कुनै पनि व्यक्तिको हत्यालाई सम्पूर्ण मानवताको हत्या मानिन्छ । त्यस्ता व्यक्तिलाई सङ्घीय अदालतले ‘नैतिक रूपमा तल्लो कोटीको’ घोषित गरेको सर्वोच्च अदालतको भनाइ छ । अदालतको निर्णय अनुसार अभियोजन पक्षले आफ्नो सम्पूर्ण मुद्दा मसूद महमूद र मियाँ मुहम्मद अब्बासको बयानको आधारमा बनाएको थियो । तर मियाँ मुहम्मद अब्बासले आफ्नो बयान फिर्ता लिएर उल्टो बयान दिए । त्यतिन्जेल हक नवाज तवाना र अब्दुल हमीद बाजवाको मृत्यु भइसकेको थियो । एमआर वेल्च र सईद अहमद खानलाई सजाय माफ दिने शर्तबिनै  अभियोजन पक्षको साक्षीको रूपमा पेस गरिएको थियो ।

बीबीसी हिन्दीबाट अनुवाद गरिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप