सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद वैरागीले भने– अहिले देशमा सरकार हरायो

शुक्रबार, २८ असार २०८१, १२ : ४५
शुक्रबार, २८ असार २०८१

काठमाडौँ ।  नेकपा एमालेकाका सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले देश बाढी–पहिरोबाट आक्रान्त भएका बेला सरकार हराएको बताए ।

 ‘देशभर बाढी, पहिरो र चट्याङका कारण धेरै धनजनको क्षति भइरहेको छ । पोखरामा पहिरोले ११ जनाको ज्यान गएको छ। सामान्य उद्धार त भएको छ तर सरकारबाट समयमा राहत पुगेको छैन । आज बिहान मात्रै त्रिशूली नदीमा दुई वटा गाडीहरू खसेका छन् । अहिले सरकार छैन, एक किसिमले भन्दा यो बेला सरकार हराएको छ,’ उनले भने । 

यो विपत्ति आउने पूर्वानुमान हुँदा पनि सरकार नहुँदा समस्या भएको उनको भनाइ छ ।  ‘पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस भेटिएका छैनन् । प्राकृतिक विपत्ति आउने कुराको पूर्वानुमान हामीले दिएका थियौँ’, उनले भने, ‘सरकारको लापरबाहीले हिजो संसद् बस्न सकेन । अहिले देशमा सरकार छैन, जनताले त्यहीकारण दुःख पाए ।’ 

देशमा सरकार नहुँदा सम्बन्धित निकायबाट बाढी–पहिरो पीडित नागरिकले राहत नपाएको वैरागीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप