विपद्का बेला केही दिन सरकार परिवर्तन नगर्दा आकाश खस्दैन : सांसद सुवेदी :
![विपद्का बेला केही दिन सरकार परिवर्तन नगर्दा आकाश खस्दैन : सांसद सुवेदी :](https://npcdn.ratopati.com/media/news/gyanu_CneJxHMGKH.jpg)
काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको विषय उठाउँदै रातीको समयमा यात्रु बस सञ्चालनमा रोक लगाउन माग गरेकी छिन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवेदीले सडकको अवस्था, जोखिमको बारेमा भरपर्दो सूचना दिने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले विपद्को बेलामा सरकार परिवर्तन गर्न आवश्यक नरहेकोमा जोड दिएकी छिन् ।
उनले भनिन्– ‘देश गम्भीर विपद्को अवस्थामा रहेको छ, तर हाम्रा विपक्षीहरू सत्ता परिवर्तनको खेलमा व्यस्त छन् । सबै मिलेर केही समय जनतामा पीडामा सहभागी हुनुपर्छ, हुनुपर्ने बेला हो यो । सरकार दश पन्ध्र दिन परिवर्तन नगर्दा नेपालमा आकाश खस्ने र धर्ती फाट्ने थिएन । तर सत्ताको खेल निकै निर्मम हुँदो रहेछ, म अहिले टिचिङ अस्पतालमा जीवन मरणको अवस्थामा रहेका मनमोहन अधिकारी र उहाँलाई सत्ताबाट बेदखल गर्न उद्यत विपक्षीले संसद्मा गरेको बहस र यो बहस सम्झिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल