रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो

रौतहट । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढिमाई ६ सिङगारमन स्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ति बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो।
उक्त गाडीमा जम्मा १२ जना सवार सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ। चालक भने फरार भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित