सिमलताल पहिरोमा बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना सकुशल
शुक्रबार, २८ असार २०८१, ०९ : ३७

रौतहट । काठमाडौँबाट गौर तर्फ आउने क्रममा आज बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ। बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका थिए।
बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । उनीहरू तीनै जना सकुशल रहेका छन् ।
३१ जना यात्रुमध्ये १४ जनाले टिकट काटिएको पाइएको छ।