कुखुरा फर्म सञ्चालकको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी न।पा।वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।
सुन्दरहरैचा- १ कुमार गाउँ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका सञ्चालक बजगाईँको बिहीबार बिहान शव फेला परेको थियो ।
कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यद्यपि दुवैजना फरार थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले दुवै जनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेस्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाईँको टाउकोमा दाउ र बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा