दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु
बिहीबार, २७ असार २०८१, २१ : ३८

बेइजिङ । दक्षिणपश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले बिहीबार जनाएको छ । राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी वर्षा भएको बताएको छ ।
राज्य प्रसारणकर्ता सिसिटिभीले काउन्टी बाढी नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै बिहीबार भू–प्रकोपमा चार जनाको मृत्यु भएको र थप दुई जना डुबानमा परेको जनाएको छ । भारी वर्षाका कारण घरहरू ढल्दा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना भूस्खलनमा फसेको सिन्ह्वाले बताएको छ ।
सिन्ह्वाका अनुसार वर्षाका कारण करिब सात हजार मानिस प्रभावित भएका छन् र एक सय ७० जनालाई उक्त स्थान खाली गर्न चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार