डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की । स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।
देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।
“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भने । । गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितका छ सदस्यीय समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदनगरी सार्वजनिक गरिएको हो ।
यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् । पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी थिए । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उनको निधन भएको थियो ।
कोइरालाको निधनपछि उनका सन्तानले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?