४ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
पाल्पाको माथागढी गाउँपालिका-४ झडेवास्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पाल्पाकै रम्भा गाउँपालिका-१ सर्दी स्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको रतुवामाई नगरपालिका-१० कट्नु नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु