हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने निर्णय भएको छ ।’
उनले नेपाल र चीन सरकारबिच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिीभिटी नेटवर्क विषयक समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।
त्यस्तै स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृत गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय भएको पनि उनले बताइन् ।
उनले भनिन्, ‘नेपाल र चीन सरकारबिच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिीभिटी नेटवर्क विषयक समझदारी पत्र स्वीकृत गर्ने र स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।’
उनले सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने
-
तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश