एक पटक फेरि भिलेनको रोलमा देखिँदै बबी देओल
![एक पटक फेरि भिलेनको रोलमा देखिँदै बबी देओल](https://npcdn.ratopati.com/media/news/bbb_uxHyZ4F2IU.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल आलिया भट्टको आगामी फिल्म ‘अल्फा’मा भिलेनको भूमिकामा देखिँदैछन् । यस फिल्ममा आलिया भट्ट बाहेक शरवरी वाघ, बबी देओल र अनिल कपूर पनि देखिनेछन् ।
हालै फिल्मको अफिसियल अनाउन्समेन्ट भिडियो सार्वजनिक भएको थियो । यससँगै फिल्मको नाम पनि सार्वजनिक गरिएको हो । ‘अल्फा’ शब्द ग्रीक वर्णमालाको पहिलो अक्षर हो । यसको अर्थ समाजको पुरानो सोच परिवर्तन गर्ने भन्ने हुन्छ ।
फिल्ममा आलिया भट्टको भूमिका
फिल्म ‘अल्फा’मा आलिया भट्ट र शरवरी वाघ दिदीबहिनीको भूमिकामा देखिनेछन् । खलनायक बबी देओल बनेका छन् । फिल्ममा आलिया बबी देओलसँग भिड्नेछिन् । फिल्ममा अनिल कपूर आलिया भट्टका बुवाको भूमिकामा देखिने बताइएको छ । निर्माताहरूले अहिलेसम्म यसबारे कुनै आधिकारिक घोषणा गरेका छैनन् ।
फिल्मका लागि कठोर तालिम लिँदैछिन् आलिया
मिडिया रिपोर्टका अनुसार यस फिल्ममा आलिया भट्ट एक गुप्तचर एजेन्टको भूमिकामा छिन् । उनले सुपर एजेन्टको भूमिका निर्वाह गर्न कठोर खालका तालिम लिइरहेकी छिन् । आलिया भट्टले करिब चार महिनादेखि यस भूमिकाका लागि तालिम लिइरहेको र फिल्ममा उनको अवतार अनौठो हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए