प्रभासको स्पीरिटबाट साउथमा डेब्यू गर्दैछन् मा डोङ–सेओक ?
![प्रभासको स्पीरिटबाट साउथमा डेब्यू गर्दैछन् मा डोङ–सेओक ?](https://npcdn.ratopati.com/media/news/prabhas-and-ma-dong-seok-(1)_7bolOGtc8m.jpg)
नयाँ दिल्ली । एनिमल र कबिर सिंहजस्ता ब्लकबष्टर फिल्म बनाएका सन्दीप रेड्डी वांगाले छिट्टै स्पिरिट नामक नयाँ फिल्म बनाउँदैछन् । दक्षिण भारतीय सुपरस्टार प्रभासको मुख्य भूमिका रहने यस फिल्ममा ऐश्वर्या राय बच्चन र कट्रिना कैफको पनि मुख्य भूमिका रहने बताइएको छ ।
यस फिल्मबाट हलिउड अभिनेता दक्षिण भारतीय फिल्ममा खलनायकको रूपमा डेब्यु गर्न सक्ने अफवाह चलिरहेको छ । उनको नाम मा डोङ–सेओक हो । यिनी कोरियाली फिल्म उद्योगका सुपरस्टार हुन् । यिनी मार्बलका फिल्महरूमा पनि देखा परिसकेका छन् । उनी जोम्बीमा आधारित चलचित्र ‘ट्रेन टु बुसान’ का लागि बढि चर्चित छन् ।
यही फिल्मबाट उनी विश्वभरि नै चर्चित भएका थिए । यसबाहेक उनले द नेबर, नेमलेस ग्याङ्स्टरः रुल्स अफ द टाइम, इटरनल्स र अनजस्ट लगायत फिल्ममा सहायक अभिनेताको भूमिका पनि निर्वाह गरेका थिए ।
यी सबै फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । डोङ–सेओकलाई फिल्ममा अनुबन्ध गरिसकेको भनेर आधिकारिक पुष्टि भइसकेको छैन । तर साँच्चै यस्तो भयो भने ‘कल्की एडी २८९८’ स्टार प्रभाससँग उनको अभिनय हेर्न पाउनु निकै रोमाञ्चक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए