केयर गिभरका लागि आवेदन दिने म्याद थप

काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो । यसअघि साउन १ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।
विभागले असार ११ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो । इजरायलले ८०० जना केयर गिभर माग गरेको थियो । सोही आधारमा विभागले सूचना जारी गरेको थियो ।
अङ्ग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएकाले ब्रिटिस काउन्सिलबाट लिइने परीक्षाका लागि साउन १ गतेभित्र आफ्नो नाम र विवरण सहित दर्ता प्रणालीमा रजिस्ट्रेसन गराउन समेत आग्रह गरेको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि स्याहार गर्न केयर गिभर माग गरेको थियो ।
केयर गिभरका लागि यो पटक ब्रिटिस काउन्सिलबाट कम्तीमा ए२ तहको अङ्ग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि भने जुनसुकै निकायबाट अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रमाणपत्र पेस गरेको खण्डमा समेत मान्य हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर