फोटोफिचर
बर्खे झरीमा सबैका लागि छाता नै प्यारो (तस्बिरहरू)
बिहीबार, २७ असार २०८१, १४ : ४२
![बर्खे झरीमा सबैका लागि छाता नै प्यारो (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-jhari_QDxZP7j4wO.jpg)
काठमाडौँ । नेपालमा मनसुन सुरु भएसँगै काठमाडौँमा पनि दैनिक जसो पानी परिरहेको छ । तर कहिलेकाहीँ घाम पनि लागिरहेको हुन्छ । कहिले घाम त कहिले झरी परिरहँदा सबैको प्यारो छाता बन्ने गरेको छ ।
बिहीबारदेखि पुनः मनसुन सक्रिय भएको छ । बजारभरि सबैका हात छाता देख्न सकिन्छ । रेनकोट र बर्सादी पनि सबैका लागि निकै प्यारो भएको छ । यो मौसममा पानी पर्दा होस् वा चर्को घाम लाग्दा, थरिथरि र रङका छाताले बजार नै ढाक्ने गरेको देखिन्छ ।
बिहीबार पानी परिरहँदा राजधानीमा छाता ओढेर आ–आफ्नो गन्तव्यमा लागिरहेकाहरूको तस्बिरलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।
हेर्नुहोस् तस्बिर :