सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सामसङका दुई स्मार्टवाच लन्च, सुरुवाती मूल्य २९९ डलर

बिहीबार, २७ असार २०८१, १३ : ४१
बिहीबार, २७ असार २०८१

काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले दुई वटा नयाँ स्मार्टवाच लन्च गरेको छ । कम्पनीले पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सामसङ ग्यालेक्सी वाच सेभेन र ग्यालेक्सी वाच अल्ट्रा लन्च गरेको हो । 

कम्पनीले पहिलो पटक ग्यालेक्सी वाच सिरिजमा अल्ट्रा मोडल ल्याएको छ । ग्यालेक्सी वाच सेभेन ४० एमएम र ४४ एमएम गरी दुई साइजमा छन् । यी घडीको सुरुवाती मूल्य २९९ डलर रहेको छ । अल्ट्रा भने ४७ एमएममा मात्रै उपलब्ध छ । यसको मूल्य ६४९ डलर तोकिएको छ । दुबै स्मार्टवाचमा एलटीई र ब्लूटूथ ५.३ सपोर्ट दिइएको छ । जुलाई १० देखि नै यिनीहरूको प्रि–अर्डर खुला गरिएको छ । यसको विक्री जुलाई २४ देखि शुरु हुने बताइएको छ ।

सामसङ ग्यालेक्सी वाच सेभेनको स्पेशिफिकेशन

सामसङ ग्यालेक्सी वाच सेभेनको ४० एमएम डायल भर्जनको तौल २८ दशमलव ८ ग्राम छ । ४४ एमएम डायल भएको स्मार्टवाचको तौल भने ३३ दशमलव ८ ग्राम छ । यसमा १.५ इञ्चको सुपर एमोलेड डिस्प्ले छ । यसमा अलवेज अन फिचर पनि छ । घडीको नियमित मोडलमा ३एनएम एक्जिनोस डब्ल्यू१००० प्रोसेसर, २ जीबी ¥याम र ३२ जीबीको स्टोरेज छ । यसमा गूगल वेयर ओएसमा चल्ने वन यूआई ६ वाच छ । ४० एमएमको भ्यारिएन्टमा ३०० एमएएचको ब्याट्री छ भने ४४ एमएमको ४२५ एमएएएचको ब्याट्री छ । दुबै घडीमा डब्ल्यूपीसीमा आधारित वायरलेस फाष्ट चार्जिङ्ग सपोर्ट दिइएको छ । घडीमा मुटुको दर, अक्सिजन, स्लीप ट्र्याकर जस्ता फिचर पनि छन् । यसमा निद्राको विश्लेषण गर्ने एआई अल्गोरिदम पनि छ । 

सामसङ ग्यालेक्सी वाच अल्ट्राको स्पेशिफिकेशन

सामसङ ग्यालेक्सी वाच अल्ट्रा भने एउटै साइजमा मात्रै ल्याइएको छ । ४७ एमएमको यस घडीको तौल ६० दशमलव ५ ग्राम रहेको छ । यसमा टाइटेनियम ग्रेड फ्रेम छ भने १.५ इञ्चको सुपर एमोलेड आलवेज अन स्क्रीन छ । यसको पीक ब्राइटनेश ३ हजार निट्सको छ । पानी नछिरोस् भनेर घडीमा १०एटीएम रेटिङ हालिएको छ । यसमा ५९० एमएएचको ब्याट्री छ । घडीले डब्ल्यूपीसीमा आधारित वायरलेस फाष्ट चार्जिङ्ग सपोर्ट गर्छ । पावर सेभिङ मोडमा यो ब्याट्री सय घन्टासम्म चल्ने दाबी कम्पनीको छ । घडीमा कयौं स्पोर्ट्स मोडको साथमा इमर्जेन्सी साइरन पनि छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप