आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने
बिहीबार, २७ असार २०८१, १३ : ३०

काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार हरिहर सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले जानकारी दिए ।
उक्त पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म