कोपामा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षक बर्खास्त

वासिङ्टन । कोपा अमेरिका समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ । पानामा र उरुग्वेसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो ।
‘हामी पुरुष राष्ट्रिय टोली र अमेरिकी फुटबल प्रतिको पाँच वर्षको प्रतिबद्धताका लागि ग्रेगप्रति आभारी छौँ,’ अमेरिकी फुटबल महासंघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘ग्रेगले हाम्रो संगठनभित्र सबैको सम्मान कमाएका छन् र एक युवा टोलीलाई एकजुट बनाउन र कार्यक्रमलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’
उनको स्थानमा लिभरपुलका पूर्वप्रबन्धक योर्गेन क्लपलाई भित्र्याउने चर्चा छ । क्रोकरले नयाँ प्रबन्धको ‘खोज प्रक्रिया’ सुरु भएको बताए।
अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर २०२६ को विश्वकप आयोजना गर्दैछ ।
५० वर्षीय ग्रेगले दुई कार्यकाल अमेरिकाको नेतृत्व गरेका थिए । उनको विगतको आचरणको अनुसन्धान सँगै सन् २०२२ मा पहिलो कार्यकाल समाप्त भएको थियो । उनी यस भूमिकामा चार वर्ष थिए । त्यतिबेला उनले किशोरावस्थामा आफ्नी श्रीमतीलाई लात हानेको स्वीकार गरेका थिए ।
आफ्नो पहिलो कार्यकालमा अमेरिका कतारमा आयोजित २०२२ विश्वकपको अन्तिम १६ मा पुगेको थियो भने सन् २०२१ मा कोनकाकाफ नेसन्स लिग गोल्ड कप जितेको थियो । तर उसको दोस्रो कार्यकाल मात्र १४ खेल चल्यो।
उरुग्वेसँग १-० ले पराजित भएपछि ग्रेगले सन् २०२६ को विश्वकपमा टोलीको नेतृत्व गर्न आफू सही व्यक्ति भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म