अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्रामसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किसनगंज कोचाधामन थाना पटकोईहाट पञ्चायत–५ बस्ने २२ वर्षीय आलिम आलम रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बुधवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थानसहित २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने इलाम घर बताउने २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बु र उनकी श्रीमती २४ वर्षीया सनिता राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यता चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर हेल्थपोष्ट चोकस्थित सोफीकटेज एण्ड रेस्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद ४ हजार ५० रुपैयाँसहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय विश्व राना मगर र २६ वर्षीय देव गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने