दुई लेजेन्डको शुरुवात : मेस्सी र बच्चा यामालको तस्बिर खिच्ने फोटोग्राफर के भन्छन् ?

काठमाडौँ । सन् २००७ मा, युवा लियोनेल मेस्सीले बार्सिलोनाको क्याम्प नोउको ड्रेसिङ रुममा परोपकारी क्यालेन्डरका लागि एक शिशुसँग फोटोसुट गरे ।
२० वर्षका मेस्सीले पहिले नै नाम कमाउन थालिसकेका थिए । पछि उनी फुटबल इतिहासकै महान् खेलाडी बने ।
तर फोटोग्राफरलाई थाहा थिएन कि मेस्सीको हातमा रहेका ती शिशुले पनि १७ वर्षभन्दा कम समयपछि अन्तर्राष्ट्रिय फुटबलमा तरंगहरू सिर्जना गर्नेछन् ।
मेस्सीले युरोपियन च्याम्पियनसिपमा हलचल मच्चाउने १६ वर्षीय लामिन यामाललाई नुहाइदिँदै थिए। मंगलबारको सेमिफाइनलमा फ्रान्सविरुद्धको उनको गोल दशकौँसम्म चर्चामा रहनेछ ।
१६ वर्ष र ३६२ दिनमा, उनलाई प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनायो।
मेस्सी र यामालको लामो समयदेखि बिर्सिएको तस्बिर यामालका बुबाले गत हप्ता इन्स्टाग्राममा पोस्ट गरेपछि फेरि देखापर्यो – ‘दुई लेजेन्डको सुरुवात।’
फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका थिए। युनिसेफले लामिनको परिवार बसेको मातारो सहरमा गोलाप्रथा गरेपछि फोटोसुट भएको उनले बताए।
‘उनीहरूले बार्साका खेलाडीसँग क्याम्प नोउमा आफ्नो तस्बिर खिच्नको लागि गरिने गोलाप्राथाको लागि दर्ता गरे। र उनीहरूले त्यो जितेका थिए,’ मोनफोर्टले एसोसिएटेड प्रेसलाई भने ।
‘फोटो खिच्ने काम सहज भने थिएन,’ फोटोग्राफरले भने, ‘मेस्सी एकदमै अन्तर्मुखी छन्, उनी लजालु पनि छन्,’ उनले भने।
‘उनी लकर कोठाबाट बाहिर आउँदै थिए र अचानक उनले आफूलाई अर्को लकर कोठामा पानी भरिएको प्लास्टिकको टब र त्यसमा एउटा बच्चा भेट्टाए । यो जटिल थियो। सुरुमा उनलाई बच्चा कसरी समात्ने थाहा थिएन।’
मेस्सी जस्तै, यामाल पनि बार्सिलोनाका लागि खेल्न गए, जहाँ उनी क्लबका लागि खेल्ने सबैभन्दा कान्छो खेलाडी र गोलकर्ताका साथै स्पेनिस लिगमा सबैभन्दा कान्छो गोलकर्ता बने।
मोनफोर्टले पनि यो तस्बिर गत हप्ता अनलाइनमा भाइरल हुन थालेपछि मात्र बच्चा यामाल हो भन्ने थाहा पाएका थिए ।
‘यस्तो सनसनी पैदा भएको कुरासँग जोडिन पाउनु धेरै रोमाञ्चक छ,’ उनले भने, ‘तपाईंलाई साँचो भन्दा यो धेरै राम्रो अनुभूति हो।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू