अस्ट्रेलियामा एक पितामाथि तीन सन्तानलाई जलाएर हत्या गरेको आरोप

सिड्नी । एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष र ६ वर्षका बालकको मृत्यु भएको हो ।
साढे दुई वर्षको बालक गम्भीर अवस्थामा घरबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल लगे पनि बचाउन भने सकिएन ।
छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरेका थिए । घटनामा चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै बाँच्न सफल भएका छन्।
२८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच जनाको ज्यान मार्ने प्रयास र सम्पत्ति नष्ट गरेको आरोप लाइएको छ। अस्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय सङ्कट’ घोषणा गरेको बेला यो खबर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिचको छलफल सकियो
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल