सुँगुरको मिर्गौला हालेकी महिलाको मृत्यु
न्यूयोर्क । लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन् । सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ ।
यही संस्थाले पिसानोको शरीरमा मेकानिकल मुटुको पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला राखिदिएको थियो । पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको थियो । तर सीमित रक्त प्रवाहका कारण मिर्गौला फेलियर भएपछि मे २९ मा यसलाई हटाइयो । मेकानिलक मुटुको पम्पको साथमा मिर्गौला प्रत्यारोपण गरिएकी उनी संसारकै पहिलो व्यक्ति थिइन् भने जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालिएकी दोस्रो जीवित व्यक्ति थिइन् ।
आफ्नो लागि अङ्ग प्रत्यारोपणले काम नगरे पनि अरूका लागि काम गर्न सक्ने उनले बताएकी थिइन् । यसबाट अन्ततः कसै न कसैलाई फाइदा हुने आशा उनले व्यक्त गरेकी थिइन् । विश्वमा हरेक ८ मिनेटमा अङ्ग प्रत्यारोपण पर्खिनेहरूको सूचिमा एक जना मान्छे थपिने गरेको र दिनहुँ यो सूचिमा रहेका १७ जनाको निधन हुने अनुमान गरिएको छ । तर दाताहरूको उपलब्धताको अभावमा अन्य पशुका अङ्ग प्रत्यारोपण अर्थात् जेनोट्रान्सप्लान्टेशन सम्भावित समाधान बन्ने आशा पलाएको छ । तर यसका लागि अझै कयौँ वर्ष कुर्नु पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म