मार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई महत्त्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।
कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाद्वारा जारी उक्त विज्ञप्ति अनुसार वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको छ । सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण समेत भएको र मुख्यमन्त्रीले राजनीतिकलाई सहज र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गर्ने विज्ञप्ति मार्फत उनले आग्रह गरेका छन् ।
'मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ ।' विज्ञप्तिमा भनिएको छ, 'बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
-
पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
-
भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी
-
‘ट्रम्पको धम्कीसामु क्यानडा झुक्ने छैन’