क्याप्टेनहरूको सर्टिफिकेटमाथि प्रश्न, अख्तियारले थाल्यो छानबिन
बिहीबार, २७ असार २०८१, ०८ : २३

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगले विमान चालकहरू (क्याप्टेन) नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईको प्रमाणपत्र तहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेको भन्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।
आयोगबाट पटक–पटक नेपाल वायुसेवा निगमलाई भट्टराई द्वयको शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्दा पनि कार्यालयको अभिलेखमा नभएको भनी पत्र प्रेषित गरेकोले थप अनुसन्धान अघि बढाइएको अख्तियारको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २००१ जनवरी देखि विमान चालकको शैक्षिक योग्यता प्रमाणपत्र तह विज्ञान वा सो सरहको हुनुपर्ने उल्लेख भएको र नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईले सो प्रमाणपत्र पेस गर्न नसकेपछि अख्तियारले छानबिन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सिमेन्टको मूल्य
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?