सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

बुधबार, २६ असार २०८१, २२ : ०४
बुधबार, २६ असार २०८१

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

दुर्घटनामा परी रुपन्देही तिलोत्तमा नगरपालिका–४, डिङ्गर नगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटर सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभर ट्याक गर्ने क्रममा एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

स्कुटरको पछाडि बस्ने उनकै बहिनी १७ वर्षीय रश्मि अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घाइते रश्मिको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  उपचार भइरहेको छ । ट्रक र  चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप