नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न

काठमाडौँ । नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो । तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो ।
यसैबिच, सैन्य तालिम केन्द्र त्रिशूलीमा बलाधिकृतरथी अशोक सिग्देलले सैन्यद्वारा प्रस्तुत कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए । त्यस अवसरमा उनले नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही इमान्दार र अनुशासित भई जस्तोसुकै परिस्थितिमा पनि अविचलित रूपमा काम गर्न निर्देशन दिए ।
“राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण र जगेर्नाका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै राष्ट्र र जनताको सेवाका लागि सदैव समर्पित रहनुस्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
-
४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान
-
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : ४० प्रतिशतसम्म छुट
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा