बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शान्तीश्रीको तिज गीतमा अञ्जलीको छमछमी

बुधबार, २६ असार २०८१

काठमाडौँ । गायिका शान्तीश्री परियारले आउँदो तीजलाई लक्षित गर्दै तीज गीत ‘यसपालीको तीज’ ल्याएकी छन् । ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द, रिमेश कुमार थापाको संगीत गीतमा छ । 

गाउँ घरका तीजको माहोल र शिवको महिमा वर्णन गरिएको गीतको भिडियो मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।  

कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया