समाचार
म्याग्दीमा डेंगु संक्रमणले एक जनाको मृत्यु
बुधबार, २६ असार २०८१, २० : ४४

पोखरा । डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको हो ।
एक्कासी ज्वरो आएपछि उनलाई असार १६ गते अस्पताल लगिएको थियो ।
अवस्था जटिल बनेपछि १७ असारमा पोखरा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको बेनी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.अञ्जु थापाले जानकारी दिइन् । 'हाम्रो स्रोतले उपचार सम्भव नभएपछि रिफर गरिएको हो,' उनले भनिन्, 'पोखरामा उपचारकै क्रममा निधन भएको छ ।'
डेंगु संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ