दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
बुधबार, २६ असार २०८१, १९ : ५४

जोहानेसबर्ग । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।
मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।
टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।
गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताए, “यो दुखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपूर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।” -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साबिक विजेतालाई हराएर पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता