कल्कीको खिल्ली उडाएका मुकेश खन्नाले दिनु पर्यो स्पष्टीकरण
नयाँ दिल्ली । नाग अश्विनको निर्देशनमा बनेको बलिउड फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा लोभ लाग्दो व्यापार गरिरहेको छ । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन अभिनीत यो फिल्मले भारत समेत विश्वभरबाट दर्शकको भरपुर माया पाइरहेको छ । यसै क्रममा फिल्ममाथि गरेको टिप्पणी विवादमा मुछिएपछि टिभीका भीष्म पितामह अर्थात् मुकेश खन्नाले स्पष्टीकरण नै दिनु परेको छ ।
मुकेश खन्नाले कल्की हेरेपछि आफ्नो समीक्षामा फिल्म पश्चिमका बुद्धिमान मानिसका लागि बनाइएको अनि यसलाई ओडिशा र बिहारका मानिसहरूले बुझ्न नसक्ने भनेका थिए । यो अभिव्यक्तिपछि उनले निकै आलोचना खेप्नु परेको थियो । आलोचना बढ्दै गएपछि अभिनेताले आफ्नो पूर्व अभिव्यक्तिबारे स्पष्टीकरण नै दिनु पर्यो । ओडिशा र बिहारका जनताको अपमान गर्ने आफ्नो कुनै नियत नभएको उनले बताएका छन् ।
‘मलाई सामाजिक सञ्जालबाट थाहा भयो कि कल्की फिल्मको समीक्षामा मैले ओडिशा र बिहारका मानिसहरूको बुद्धिको अपमान गरेको भन्ने ठाने । बुझाई गलत परेको हो, जसलाई म स्पष्ट गर्न चाहन्छु,’ अभिनेताले लेखेका छन् । आफूले कल्कीमा दुई वटा मात्रै कमी देखाएको उनको भनाई छ । उनले औँल्याएको पहिलो कमी फिल्मले महाभारतको तथ्यलाई तोडमोड गरेको भन्ने थियो भने अर्को चाँहि फिल्मको पहिलो हाफ दिक्क लाग्दो अनि द्विविधा उत्पन्न गराउने खालको भन्ने थियो ।
बिहार र ओडिशाका ग्रामीण भेगका मानिसलाई आफूले उदाहरणको रूपमा मात्रै देखाएको र हलिउड शैलीको पहिलो भाग कयौँ मानिसले नबुझ्ने खालको भएको उनले बताएका थिए । आफूसँग फिल्म हेर्न गरेका केही कर्मचारी फिल्म नबुझेर हलमै सुतेको र यीमध्ये तीनजना बिहारको भएको पनि उनको भनाइ छ । आफूले मान्छेको बुद्धिको खिल्ली कहिले पनि नउडाउनेमा उनले जोड दिएका छन् । आफू चुनाव प्रचारप्रसार र कार्यक्रमका लागि ओडिशा र बिहार गएको भन्दै मुकेशले उनीहरूको बारेमा आफूले किन नराम्रो बोल्थे र जे बोले त्यो सबै फिल्मको बारेमा हो भनेर पनि भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा