बढी मूल्यमा नुन बेच्ने सोल्टीमोडको म्याक्रो मार्टलाई ३ लाख जरिवाना

काठमाडौँ । एमआरपीभन्दा बढी मूल्यमा आयो नुन बेच्ने सोल्टीमोडको म्याक्रो मिनी मार्टलाई जरिवाना भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको जानकारी अनुसार उक्त मार्टलाई ३ लाख रुपैयाँ जरिवाना भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनको मूल्य प्रतिप्याकेट २६ रुपैयाँ तोकेको छ । यसअघिको मूल्य परिमार्जन गर्दै कर्पोरेशनले २६ रुपैयाँ पुर्याएको थियो । विभागमा आएको गुनासो बमोजिम बजार अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढीमा नुन बिक्री वितरण भइरहेको पाइएको प्रवक्ता आनन्दराज पोखरेल बताउँछन् ।
यस्तै अनुगमनका क्रममा मेगा मार्टले म्याद गुज्रिएको नुनको बिक्री वितरण गरेको पाइएको थियो । यी दुई मार्टलाई उपभोक्ता संरक्षण ऐनको व्यवस्थाअनुसार ३–३ लाख रुपैयाँका दरले कारबाही गरेको पोखरेलले जानकारी दिए । यस्तै अत्यावश्यक वस्तुको सूचीमा रहेको नुनमा बढी मूल्य लिएको तथा म्याद गुज्रिएको भेटिएमा ऐन बमोजिम कारबाही गर्ने समेत विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा