ईश्वरमा न्यायको पक्षमा लड्ने चरित्र छ– अभिनेता ध्रुव
काठमाडौँ । ध्रुव थापा फिल्म ‘ईश्वर’ का अभिनेता हुन् । आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउने फिल्मबाट आफूले राम्रोसँग दर्शमाझ चिनिने आस उनले गरेका छन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्म समेत अभिनय गरिसकेका उनी फिल्मका निर्माता पनि हुन् ।
फिल्ममा अभिनेता तथा निर्माता दुई जिम्मेवारी बहन गरेका उनी फिल्ममा निडर, निष्ठावान्, न्यायको पक्षमा लड्ने सकारात्मक चरित्रमा आफू देखिने बताउँछन् । फिल्ममा सुनिल थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा उनी खुसी छन् ।
२०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतिमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गरेका उनले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे
खुर्सानी’ लगायत दर्जनौँ सिरियलमा अभिनय गरेका छन् । यसअघि फिल्म ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ निर्माण गरेका उनी अभिनय गर्न निकै ‘इन्जोय’ लाग्ने सुनाउँछन् ।
फिल्म ‘ईश्वर’ प्रति उनी निकै उत्साहित छन् । ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निभाएको छु । त्यसकारण दर्शकको माया पाउनेमा विश्वस्त छु’, उनी भन्छन् ।
पोखरामा जन्मिएका ध्रुवले कलाकार माओत्से गुरुङसँगै रङ्गमञ्चको काम सुरु गरेका हुन् । आफू माओत्से जस्तो स्थापित हुन नसके पनि काम भने नियमित गरिरहेको बताउँछन् । कविता, गीत, गजल लेख्न रुचाउने ध्रुवको अबका दिनमा वर्षमा दुई वटा नेपाली फिल्म निर्माण गर्ने लक्ष्य छ ।
‘ईश्वर’ मा राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा धुर्बका अलवा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा