मोदीको रुस भ्रमणबारे ह्वाइट हाउसले के भन्यो ?

वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणले विश्वको राजनीति तरङ्गित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मोदीको भेटघाटबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । रुसलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने क्षमता भारतसँग भएको ह्वाइट हाउसको भनाइ छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारिन जीन पियरेले भनेकी छिन्, ‘भारत र रुसबिच लामो र घनिष्ठ सम्बन्ध छ, यसले बिना कारणको अनि क्रूर युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्न सक्ने क्षमता भारतलाई दिएको छ ।’
भारत अमेरिकाको एउटा रणनीतिक साझेदार भएको अनि उसँग आफूहरू पूर्ण र खुला रूपमा कुरा गर्ने पनि उनले बताएकी छिन् । यसमा भारत–रुस सम्बन्ध पनि रहेको र यसबारे आफूहरूले पहिला नै कुराकानी गरिसकेको पनि उनको भनाइ छ ।
‘महत्त्वपूर्ण कुरा के हो भने, भारतलगायत सबै देशहरूले युक्रेनको मुद्दामा दिगो र न्यायपूर्ण शान्तिको प्रयासलाई समर्थन गर्छन् । राष्ट्रपति पुटिनले युद्ध सुरु गरेका छन्, उनले यसलाई अन्त्य पनि गर्न सक्छन्’ पियरे भन्छिन् ।
मोदी र राष्ट्रपति पुटिनले एक अर्कालाई अंकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए । त्यसपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रेस सचिव पियरेले यी कुराहरू भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य