विश्वकपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि पूर्वक्रिकेटरहरुसँग गम्भीर छलफल
काठमाडौँ । आफ्नो टोलीले हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकप क्रिकेटमा निराशाजनक प्रदर्शन गरेपछि त्यसले पाकिस्तानी क्रिकेटमा ठुलै हलचल मच्चाएको छ । पाकिस्तानी टोली टी–२० विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो ।
पाकिस्तानी टोलीले समूहगत चरणमा आफूले खेलेको चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । त्यो समूहबाट भारत पहिलो र अमेरिका दोस्रो हुँदै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगेको थिए ।
पाकिस्तानी टोली पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकासँग पनि पराजित भएको थियो । यसका अतिरिक्त पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग पनि पराजित भएको थियो । टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि पाकिस्तानी टोलीको कप्तानको विषयलाई लिएर पनि विभिन्न प्रश्न उठाउन थालिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का पदाधिकारीदेखि लिएर कप्तान र चयनकर्तासम्मको चर्को आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि पीसीबीका अध्यक्ष मोहसिन राजा नकवीले पाकिस्तानका पूर्वक्रिकेटरहरुसँग गम्भीर छलफल गरेका छन् ।
पीसीबी अध्यक्षले विभिन्न कालखण्डमा पाकिस्तानका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका १५ जना चर्चित क्रिकेटरलाई छलफलमा बोलाएका थिए । छलफलका क्रममा टी–२० विश्वकपमा भएको कमजोरी र पाकिस्तानी क्रिकेटको भविष्यमा बारेमा छलफल भएको समाचारमा जनाइएको छ ।
पीसीबी अध्यक्षसँगको छलफलमा सलमान बट, ईजाज अहमद, सरफराज अहमद, वासित अली, इन्तिखाब आलम, आसिम कमाल लगायतका चर्चित क्रिकेटर उपस्थित थिए । बैठकमा पाकिस्तानी टोलीको समिकरण, ओपनिङ जोडी, मध्यक्रम, कप्तानको चयनजस्ता विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटका क्रममा अधिकांश पूर्वक्रिकेटरले वर्तमान छनोट समितिका सदस्यहरुमाथि औँला उठाएका थिए । छनोट समितिले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको उनीहरूको आरोप थियो । लगातार कप्तान परिवर्तन भइरहेकाले पनि त्यसको असर टोलीको प्रदर्शनमा परेको उनीहरूले बताएका थिए ।
पूर्वक्रिकेटरसँगको छलफलपछि पीसीबी अध्यक्ष मोहसिन राजा नकवीले कप्तान परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नहुने बताएका छन् । उनले परिवर्तन गर्ने विषयमा कुनै छलफल नै नभएको दाबी पनि गरेका छन् । टी–२० विश्वकपमा पाकिस्तानी टोलीको कप्तानी बाबर आजमले गरेका थिए । उनलाई अन्तिम समयमा आएर कप्तानको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?