शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

गोल्डेन ड्रयागन ब्रान्डका १४ सिटे भ्यान नेपालमा, कति पर्छ मूल्य ?

बुधबार, २६ असार २०८१, १३ : ३८
बुधबार, २६ असार २०८१

काठमाडौँ । अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । अर्क्स ग्रुपले ५७ लाख रुपैयाँ पर्ने १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री गर्ने भएको हो ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर ३ सय किलोमिटर गुड्ने यो यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ ।

गोल्डेन ड्र्यागनका भ्यानहरू हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको बताइएको छ । नेपालका लागि आधिकारिक बिक्रेता आक्र्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागन ले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ ।  गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केहि महिनाभित्र नेपाल आइपुग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप