गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

काठमाडौँ । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ ।
गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको छ ।
यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु सङ्क्रमण भएको छ । जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ ।
गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु सङ्क्रमण भएको थियो । फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ ।
जुनमा १ हजार २६ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो । त्यसबेला यो महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु सङ्क्रमण भएको थियो भने ४ महिना सङ्क्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरि बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा